केही ठाउँमा बिहानैदेखि वर्षा : दिउँसो पनि हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

 जेठ ४, २०८२ आइतबार ८:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशका केही ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भएको छ । त्यस्तै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली रहने अनुमान छ ।

पहाडी क्षेत्रमा कतै कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराई/मधेसमा हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही रहने सम्भावना छ । प्रि–मनसुनी प्रणाली अझै केही दिन रहने मौसमविद्को अनुमान छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया