इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
काठमाण्डौ – धादिङको पहिलो प्रधानाध्यापक ठाकुरप्रसाद शर्माको नाममा प्रतिष्ठान स्थापना भएको छ । ‘ठाकुरप्रसाद शर्मा प्रतिष्ठान’ को हिजो सम्पन्न पहिलो वार्षिक साधारणसभाले सदानन्द कँडेलको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । धादिङमा व्यक्तिको नाममा गठन भएको यो पहिलो प्रतिष्ठान हो ।
प्रतिष्ठानले ठाकुरप्रसाद शर्मा राष्ट्रिय शिक्षा पुरस्कार, आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार र एसइइमा जिल्लामा सर्वोत्कृष्ट हुने एक छात्र र एक छात्रालाई पुरस्कार दिने घोषणा गरेको छ । अघिल्लो वर्ष बुद्ध जयन्तीको दिनदेखि शुरु गरिएको अभियानको अक्षयकोषमा एक सय ५५ जनाभन्दा बढी आजीवन सदस्यहरुबाट ३३ लाख रुपैयाँभन्दा धेरै जम्मा भएको अध्यक्ष कडेलले जानकारी दिनुभयो ।
यही रकमको ब्याजबाट पुरस्कार तथा अरू कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानको उद्देश्य छ । गजुरीमा २०२५ सालमा स्थापना भएको आदर्श हाईस्कुल धादिङकै पहिलो माध्यमिक विद्यालय हो । त्यतिबेला त्यहाँको प्रधानाध्यापक रहनुभएका ठाकुरप्रसाद शर्मा जिल्लाकै पहिलो प्रधानाध्यापक हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।