गोरखाको छेपेटारमा पुरातात्विक भग्नावशेष फेला : सत्रौँदेखि अठारौँ शताब्दीको हुनसक्ने अनुमान

 जेठ ४, २०८२ आइतबार १२:४:३२ | रासस
unn.prixa.net

तस्बिर : रासस

गोरखा – गोरखा नगरपालिका–१० छेपेटारमा पुरातात्विक भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर उत्खनन समेत गरेको छ । भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुन सक्ने अनुमान समेत गरिएको छ ।

छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिले गएको वर्ष लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको झन्डै एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको थियो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।

विभागका अधिकृत अधिकारीका अनुसार भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा भेटिएका छन् । साथै तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्। तर समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उहाँको भनाइ छ । अब अर्को वर्ष थप कामलाई निरन्तरता दिने तयारी छ ।

सबै भाग उत्खनन गरेर अध्ययनपछि मात्र विस्तृत जानकारी आउने अधिकृत अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने हुन्छ । तत्काल छेपेटार क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयबासिन्दा र निकायलाई आग्रह समेत गरेको छ ।  

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया