युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

 जेठ ४, २०८२ आइतबार १५:१७:१८ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर, एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ ।

यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि टर्कीको इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । ३० दिनसम्म विना शर्त युद्धविराम गर्न रुसलाई दबाव दिँदै आउनुभएका ट्रम्पले भोलि पुटिनसँग फोनमा कुरा गर्ने बताउनुभएको हो ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले पुटिनसँगको फोन वार्तापछि रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नाटो अधिकारीहरूसँग कुरा गर्ने बताउनुभयो । ट्रम्पले यो एक उत्पादक दिन हुने र कहिल्यै नहुनुपर्ने अत्यन्तै हिंसात्मक युद्ध समाप्त हुने लेख्नुभएको छ ।

यसअघि हिजो क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको बैठक दुवै पक्ष सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो । रुस र युक्रेबीच भएको वार्ता कुनै पनि सफलतामा पुग्न नसके पनि कैदी आदानप्रदानमा भने सहमति भएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्णस्तरमा आक्रमण शुरू गरेको थियो । इस्तानबुलमा भएको वार्तापछि युक्रेनले पनि पूर्ण र विना शर्त युद्धविरामका लागि आफ्नो आह्वान दोहोर्‍याएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानको स्वागत गर्नुभएको एएफपीले जनाएको छ । सीबीएसलाई दिएको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री रुबियोले आफ्ना समकक्षी लाभरोभले आफूलाई रुसले युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेख गरिएको दस्तावेज तयार गरिरहेको बताउनुभएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया