गौतमबुद्ध विमानस्थलबारे छानबिन गर्न गठित लेखा उपसमिति संयोजकमा कांग्रेस सांसद खाँण

 जेठ ४, २०८२ आइतबार १४:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भनिएको अनियमितता छानबिन गर्न गठित संसदीय उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन हुनुभएको छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिअन्तर्गत गठन भएको उपसमितिको आज बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

यसअघि उपसमितिको संयोजक नेकपा एमालेका सांसद योगेश भट्टराई हुनुहुन्थ्यो । भट्टराई नेतृत्वको उपसिमितिले भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । आफूमाथि प्रश्न उठेपछि भट्टराईले संयोजकमा नबस्ने घोषणा गर्नुभएको हो ।

भैरहवा विमानस्थल निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन नसकेको तथा निर्माणमा त्रुटि रहेको उजुरी परेपछि सार्वजनिक लेखा समितिले स्थलगत अध्ययन तथा अनुगमन गर्न २०८१ साल जेठ २७ गते उपसमिति गठन गरेको थियो ।

गौतमबुद्ध विमानस्थल निर्माणको लगानी शुरूमा ६ अर्ब २२ करोड अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । यो विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको मुख्य प्रश्न उठेको छ ।

अन्तिम अपडेट: असार १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया