नेप्से लगातार छैटौं कारोबार दिन घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर किनबेच

 जेठ ४, २०८२ आइतबार १५:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार छैटौं कारोबार दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७९ अङ्कले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको छ ।

आज होटल, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार र विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३०९ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: असार २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया