धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा विद्युत् शर्टका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते भएका अग्नि विभागका अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
सबै जनाको धूवाँमा निसासिएर ज्यान गएको र कसैलाई पनि जलनका चोटहरू नदेखिएको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा २१ जना मानिस रहेका थिए । भवनको पहिलो र दोस्रो तलामा जान एउटामात्र सिँढी भएकाले उद्धार कार्यमा निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रुपैयाँ र घाइते भएकाहरूलाई ५० हजारको अनुदान घोषणा गर्नुभएको छ ।
यस्तै तेलङ्गाना राज्यका मुख्यमन्त्री ए रेवन्त रेड्डीले पनि घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।