धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डौ – लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ ।
गएको बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कालयले जनाएको छ ।
ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् ।
स्थानीयवासीले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टी हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले उज्यालोलाई बताउनुभयो ।
वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको र बस्ती जोखिममा रहेको बताउनुभयो ।
पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको स्थानीयवासीले बताएका छन् ।
चार दिनअघि नै गाउँमा पहिरो आए पनि हिमताल फुटेकोबारे हिजो मात्रै थाहा भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
आफूसहित गाउँका पाँचजनाको टोली घण्टौं हिँडेपछि हिमताल फुटेको देखिएको उहाँले बताउनुभयो ।
स्थानीयवासीले हिमताल फुटेको भन्ने ठाउँ पाँच हजार तीन सय मिटरको उचाइमा पर्छ ।
सुरक्षाकर्मीको टोली त्यसतर्फ गए पनि स्वास्थ्य समस्याबाले बीच बाटोबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । तर पहिरोले क्षति पुर्याएको तिलगाउँमा भने सुरक्षाकर्मीको टोली पुगेर आवश्यक उद्धारको काम गरेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।