फुटबलर सावित्रा भण्डारीको सम्मानार्थ ‘साम्बा चोक’ स्थापना

 जेठ ५, २०८२ सोमबार १६:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानार्थ साम्बा चोक स्थापना गरिएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीबजार चोकलाई साम्बा चोक नामकरण गरी साम्बा स्तम्भ निर्माण गरिएको छ । साम्बा स्तम्भको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गर्नुभयो ।

नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । अहिले उनी फ्रान्सको क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी छिन् ।

कार्यक्रममा भण्डारीका आमाबुबालाई पनि सम्मान गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया