सिंहदरबारमा मेलम्चीको पानी वितरण शुरू

 जेठ ५, २०८२ सोमबार १८:१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको हो ।

आजदेखि विधिवत् रूपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब सिंहदरबारका सबै मन्त्रालय एवम् कार्यालयहरूमा वितरण गरिने मन्त्री यादवले बताउनुभयो । यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण शुरू भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताउनुभयो । सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उहाँको भनाइ थियो ।

मन्त्री यादवले धाराबाट आएको मेलम्चीको पानी सीधै पिएर वितरण कार्यको औपचारिक शुरुआत गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया