अझै ३ दिन पानी पर्ने, 'प्रि–मनसुन' मै 'मनसुन' को जस्तो वर्षा

 जेठ ५, २०८२ सोमबार १७:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा बदलीसहित वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि विभिन्न ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।

दार्चुलाको गोकुलेश्वरमा एक घण्टामै २६ मिलिमिटरभन्दा धेरै पानी परेको छ । गण्डकीको मनाङ, मुस्ताङसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागभन्दा बाहेक देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान माहाशाखाका अनुसार अझै तीन दिन वर्षाको सम्भावना छ । अहिले पनि देशका धेरैजसाे ठाउँमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको माहाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । आज राति पनि देशका विभिन्न भागमा पानी पर्ने उहाँले बताउनुभयाे ।

देशका केही ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसकाे असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।

यस बेला मनसुनकै जसरी नियमित पानी परिरहेकोले निर्माण व्यवसायीका लागि चुनौतीपूर्ण हुने विज्ञहरू बताउँछन् । यस बेला भीरपाखामा डोजरले बाटो खन्नेलगायतका काम तीव्र छ । त्यस्तो काममा सावधानी अपनाउनुपर्ने जलवायुविज्ञ डा. ङमिन्द्र दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया