कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बा ५५ प २५२७ नम्बरको मोटरसाईकल विहीबार बिहान साढे ३ बजेतिर दुर्घटना हुँदा गुल्मीका १८ वर्षका किरण श्रेष्ठको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २१ वर्षीय शुन्दर खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । सानो ठिमीबाट सल्लाघारीका लागि छुटेको मोटरसाईकलका चालकले रक्सी खाएकाले अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।