प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

 जेठ ७, २०८२ बुधबार १८:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – वर्षासँगै खोलामा पानीको सतह बढेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गरेको छ । गएको शनिवार रातिसम्म २०० मेगावाट बिजुली आयात भइरहेकोमा उत्पादन बढेपछि प्राधिकरणले आइतवारदेखि निर्यात शुरू गरेको हो ।

आज प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा प्रयोग भएर बाँकी रहेको बिजुली भारतमा निर्यात गर्न थालेको र हिजो १५० मेगावाट निर्यात गरेको जानकारी गराउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले पनि आइतवारदेखि निर्यात शुरू भएकोमा हिजो १५० मेगावाट निर्यात भएको जानकारी दिनुभयो । माग कम हुने समयमा बढी भएको बिजुली निर्यात गरेको उहाँको भनाइ छ ।

प्रवक्ता सिल्पकारका अनुसार अहिले देशमा पिक समयमा १ हजार ९५० मेगावाट बिजुलीकाे माग रहेकोमा १ हजार ९२५ मेगावाट हाराहारीमा बिजुली उत्पादन भइरहेकोले माग सन्तुलनका लागि केही बिजुली आयात पनि भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया