भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
अमेरिकाको वाशिङ्गटन डीसीको डाउनटाउमा रहेको यदूही सङ्ग्रहालयबाहिर इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या भएको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले यो घटनाको पुष्टि गर्नुभएको छ । घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको सीबीएस न्युजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
क्यापिटल यहूदी सङ्ग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि उनीहरूमाथि गोली प्रहार भएको थियो । घटनाको प्रकृति हेर्दा सुनियोजित रूपमा आक्रमण भएको खबरमा उल्लेख छ ।
गोली चलेको क्षेत्रमा धेरै पर्यटकीय स्थल, सङ्ग्रहालय र सरकारी भवनहरू छन् । यहाँ अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) को क्षेत्रीय कार्यालय पनि छ । संयुक्त राष्ट्रसङ्घका लागि इजरायलका राजदूतले यो घटनालाई यहूदी विरोधी आतङ्कवादको कार्य भन्नुभएको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले दूतावासका कर्मचारीमाथि भएको भयानक, यहूदी विरोधी गोलीबारीबाट स्तब्ध भएको बताएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले विश्वभर रहेका इजरायली मिसनहरूलाई सुरक्षा कडा बनाउन निर्देशन दिएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।