भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – सरकारले श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा लैजाने तयारी गरेको छ । अर्को वर्ष हुने विश्व स्वास्थ्य सम्मेलनमा प्रस्ताव लैजाने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललले बताउनुभयो ।
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किनुभएका मन्त्री पौडेलले अरू देशहरूमा कामदार पठाउने देशहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न जुनसुकै देशका नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने बताउनुभयो ।
यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको छ । प्रस्ताव डब्ल्यूएचओबाट पास भएमा गइसकेपछि र फर्किँदा श्रमिककाे स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित देशले नै जानकारी गराउने स्थिति बन्ने उहाँले बताउनुभयो ।
यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, खर्चको कारणले पूर्णरूपमा उपचार नहुने स्थिति एवम् कतिपकाे मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति अन्त्य हुने मन्त्री पौडेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।