मनसुनअघि नै जोखिमको अनुमान गरेर पूर्वतयारी थाल्न सरकारलाई संसदीय समितिको निर्देशन

 जेठ ८, २०८२ बिहीबार १५:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – राष्ट्रियसभा अन्तर्गतकाे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मनसुनअघि नै जोखिमको अनुमान गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको बैठकले जोखिम अनुमान र विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिनुभयो । बैठकमा सांसदहरूले मनसुनअघि नै विपद् जोखिम न्यूनीकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि कार्य गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा बितेको १० वर्षमा आठ हजार चार सय ४१ वटा मनसुनजन्य घटना भएका पनि जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: जेठ २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया