जर्मन विकास बैंकद्वारा थानकोटमा अस्पताल बनाउने प्रारम्भिक खाका स्वीकृत

 जेठ ८, २०८२ बिहीबार १५:१२:१० | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोटमा २५ शय्याको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ ।

जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको स्याटेलाइट अस्पतालका रूपमा थानकोटमा नयाँ अस्पताल बन्न लागेको हो ।

यसका लागि जर्मन विकास बैंक (केएफडब्ल्यू) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ ।

यो खाकाको तयारीसँगै अब भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ । केएफडब्ल्यूले अस्पतालका लागि एक अर्ब रुपैयाँ बराबरको आर्थिक एवम् प्राविधिक सहयोग गर्नेछ ।

अस्पताल बनाउन मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरेको थियोे । नगरपालिकाको समन्वय र सहकार्यमा नेपाल सरकार र केएफडब्ल्यूले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेका थिए ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया