तिलगाउँवासी खाेलाकाे धमिलाे पानी खान बाध्य

 जेठ ८, २०८२ बिहीबार १५:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।

जेठ १ गते आएको बाढीले खानेपानी, पुल, सिँचाइ र जलविद्युत् आयोजना क्षति गरेपछि उनीहरू धमिलो पानी खान बाध्य भएका हुन् । खानेपानीको पाइप र धारा नै बाढीले बगाएको स्थानीय बासिन्दा कन्जोक फुर्वा लामाले बताउनुभयो ।

तिलगाउँका १८ परिवार घर छाडेर त्रिपालमुनि बसेका छन् । पीडितहरूलाई चामल, दाल, तेल, नुन, चाउचाउ, त्रिपाललगायतका राहत सामग्रीसहित खानेपानी आयोजना मर्मतका लागि सिमेन्ट र पाइप पनि पठाएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच तिलगाउँमा बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली हुम्ला सुदरमुकाम सिमिकोट पुगेको छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया