भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
उत्तर कोरियाको नयाँ नौसैनिक युद्धपोत प्रक्षेपणका क्रममा दुर्घटना भएको छ । पूर्वी बन्दरगाह शहर चोङजिनमा पाँच हजार टनको जहाज प्रक्षेपण गर्ने समारोहमा गम्भीर दुर्घटना भएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) लाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले उल्लेख गरेको छ । युद्धपोत प्रक्षेपण समारोहमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन पनि सहभागी हुनुहुन्थ्यो ।
किमले पूरै घटना हेर्नुभएको र यो ‘सहन सकिँदैन’ भनेर चेतावनी दिँदै ‘पूर्ण लापर्बाहीका कारण भएको आपराधिक कार्य’ घोषणा गर्नुभएको खबरमा उल्लेख छ । उहाँले जिम्मेवार अधिकारीहरूको गैरजिम्मेवार गल्तीलाई अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिने बताउनुभयो ।
युद्धपोत दुर्घटना हुँदा तल्लो भाग कुचिएको छ । उत्तर कोरियाले यो युद्धपोत सबैभन्दा शक्तिशाली हतियारले सुसज्जित रहेको र अर्को वर्षको शुरूमा सञ्चालनमा आउने दाबी गरेको छ ।
उत्तर कोरियाले गएको वर्ष पनि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।