जनमत पार्टीले मधेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलायाे

 जेठ ८, २०८२ बिहीबार १८:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनमत पार्टीले मधेश प्रदेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएकाे पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका वसन्त कुशवाहा र राज्यमन्त्री सम्हालेका सञ्जय यादवलाई नयाँ जिम्मेवारी दिने जनमतको तयारी छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एक वर्ष पुगेकोले पार्टीको नियमित प्रक्रियाअनुरूप मन्त्रीहरू फेरिन लागेको जनाएको छ । मधेशमा जनमतबाट सतिशकुमार सिंहको नेतृत्वको सरकार रहेको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया