चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा

 जेठ ९, २०८२ शुक्रबार १०:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।

विशेषतः महानायक राजेश हमालको आठ वर्षपछिको पुनरागमनले दर्शकहरूमा विशेष उत्साह थपेको छ ।

चलचित्र नरसिंहामा आशा पौडेल, सनिषा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवाल, नीर शाह र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

राजुविक्रम थापाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी समावेश गरिएको छ । चन्द्र पन्तले द्वन्द निर्देशन गरेको चलचित्रमा  मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ ।

नरसिंहा सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको चलचित्र हो ।

नेपाली समाजको समसामयिक यथार्थ, अन्यायविरुद्धको सङ्घर्ष र पारिवारिकसम्बन्धको उतार–चढावलाई प्रस्तुत गर्दै यस चलचित्रले दर्शकलाई भावनात्मक रूपमा छुने प्रयास गरेको छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया