इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
संयुक्त अरब इमिरेट्स (यूएई) मा अत्यधिक गर्मीसँगै कीर्तिमान कायम भएको छ । हिजो यूएईमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ ।
यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा उच्च रहेको त्यहाँको राष्ट्रिय मौसम केन्द्र (एनसीएम) लाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा दिउँसो साढे दुई बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले जानकारी दिएको छ ।
यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि शुरू गरिएको रेकर्डमा पहिलो पटक देखिएको छ ।
यसअघि सन् २००९ मा मे महिनामा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै उच्च तापक्रम रहेको थियो ।
यूएई विश्वकै ठूला तेल निर्यातकर्तामध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।