भिजिट भिसामा हुने मानव तस्करीमा गृह प्रशासनकै संलग्नता रहेको आरोप

 जेठ १०, २०८२ शनिबार ९:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली प्रकरणमा गृह प्रशासनकै संलग्नता रहेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेपछि भिजिट भिसामा हुने असुली सङ्गठित र संस्थागत रूपमै हुने गरेको शङ्का बढेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरु कर्मचारीमाथि पनि छानबिन थालेको छ । आयोगले छानबिन गरिरहेका बेला गृह मन्त्रालयले केही कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा विभिन्न देशमा पठाउने गरेको उजुरीका आधारमा सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर तारिखमा छोडेको छ ।

अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट भट्टराईले प्रयोग गर्ने कम्प्युटर र मोबाइलसहित केही उपकरण पनि नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

गृहमन्त्रीका स्वकीय सचिव तथा निजी सचिवहरूको पनि भिजिट भिसाका एजेन्टहरूसँग निकटतम सम्बन्ध रहेको आरोप लागेको छ ।

गृहमन्त्रीलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी र सर्वोच्च अदालतमा रिट पनि परेको छ । 

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया