सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरुको मानमर्दन नगर्न सर्वोच्चको चेतावनी

 जेठ १०, २०८२ शनिबार ९:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले सामाजिक सञ्जालमा न्यायाधीशहरुका विरुद्ध अशोभनीय टिप्पणी नगर्न चेतावनी दिएको छ ।

हिजो रास्वपा सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिने क्रममा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो चेतावनी दिएको हो ।

बहसका क्रममा नायब महान्यायाधिवक्ता र जाहेरवालाका वकिलहरुले तुल्सीपुर उच्च अदालतमा आदेश गर्ने न्यायाधीशहरुमाथि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लाञ्छनापूर्ण टिप्पणी गरेको भनेर इजलासलाई अवगत गराएको भन्दै यस विषयमा ध्यानाकर्षण भएको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘अदालतबाट भएका आदेश एवम् फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भएता पनि नियोजित ढङ्गले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ ।' 
 

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया