पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

 जेठ १०, २०८२ शनिबार ९:५९:२९ | रासस
unn.prixa.net

तस्वीर : प्रतीकात्मक

बाग्लुङ – पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ खण्ड बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा हिजो बेलुकादेखि करिडोर अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका गाडी ठप्प छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बाग्लुङको सीधा यातायात विच्छेद भएको छ । बाग्लुङ नगरपालिकाको विभिन्न ठाउँसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका ठाउँबाट जिल्ला सदरमुकाम बाग्लुङ बजार आउने गाडी चल्न सकेका छैनन् ।

कोरिडोर भएर बुटवल, भैरहवालगायतका ठाउँमा चल्ने तथा मुक्तिनाथ जाने पर्यटक पनि रोकिनुपरेको छ ।    

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया