हार्वर्डमा विदेशी विद्यार्थीलाई पढ्न रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर

 जेठ १०, २०८२ शनिबार १०:१८:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयपछि यसकाविरुद्ध विश्वविद्यालय प्रशासन अदालत पुगेको हो ।

विश्वविद्यालयमा पढ्न विदेशी विद्यार्थीलाई रोक लगाउने निर्णयको २४ घण्टा नबित्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरिएको हो ।

बिहीवार भएको निर्णयलाई लिएर विश्वविद्यालयले हिजो ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।

हार्वर्डका अध्यक्ष डा.एलन एम गार्बरले ट्रम्प प्रशासनको गैरकानूनी र अनुचित कार्यको निन्दासमेत गर्नुभएको छ ।

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरिएको थियो । यो कदमले हार्वर्ड र ट्रम्प प्रशासनबीच केही महिनादेखि चलिरहेको द्वन्द्वलाई थप चर्काएको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।
 

अन्तिम अपडेट: असार २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया