प्रधानमन्त्री ओलीकाे टिप्पणी– ‘पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सक्छ’

 जेठ १७, २०८२ शनिबार १६:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

आज काठमाण्डाैमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथ्वीपथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताउनुभयो । उहाँले पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सक्ने टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको उल्लेख गर्नुभयाे । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले १३औं सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको जिकिर गर्नुभयाे ।

ओलीले भन्नुभयो, ‘राष्ट्रिय एकता भन्नेबित्तिकै पृथ्वीपथ अरे । पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकताबद्ध बनाउनु छ । पृथ्वीपथले एकताबद्ध ? मारकाट गरेर एकताबद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । एकीकरणकाे समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठीकै थियो होला । पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ? संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ ? कति पुरातनपन्थी हो ?’

प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरूको नभई लोकतन्त्रको भएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया