च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
रुकुम पूर्व – उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले जेष्ठ नागरिकहरुलाई दिइने मासिक भत्ता पाँच हजार पु¥याइने बताउनुभएको छ ।
अहिलेकै सरकारको कार्यकालमा आउँदो बजेटमार्फत जेष्ठ नागरिकहरुलाई मासिक पाँच हजार भत्ता दिइने उहाँले बताउनुभयो । मन्त्री पोखरेलले सरकारलाई कमजोर बनाउन विभिन्न तानाबाना बुनिरहेको भन्दै नागरिकको विश्वासको जगमा सरकार भएकोले शंका नगर्न अनुरोध गर्नुभयो ।
नेपालको कान्छो जिल्ला रुकुम पूर्वको रुकुमकोटमा रुकुम पूर्वमा रहेको चेम्बर अफ कमर्सले गरेको पर्यटन तथा सांस्कृतिक महोत्सवको मंगलबार उद्घाटन गर्नु हुँदै रक्षा मन्त्री पोखरेलले कान्छो र विकट जिल्ला भनेर रुकुम पूर्वलाई अवमूल्यन नगर्न र यहाँको स्वाभिमान र नागरिकको एकतालाई सम्मान गर्न जरुरी रहेको बताउनुभयो ।
देश विकासको मुटुको रुपमा रहेको मध्यपहाडी राजमार्गको आधार रुकुम भएको भन्दै उहाँले एकीकृत योजनामार्फत रुकुम पूर्वको विकासको कार्ययोजना बनाइने जनाउनुभयो । पर्यटनको प्रचर सम्भावना रहेको, विद्युत उत्पादनको प्रारम्भिक अध्यन समेत गरिएको भन्दै मन्त्री पोखरेलले सरकारले समेत कामको थालनी गरेकोले सबैले साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।
रुकुम पूर्वको सदरमुकामबारेको विवाद अदालतसम्म पुगेको र त्यसबारे आफूले थप केही बोल्न नचाहेको उहाँले जनाउनुभयो । उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले उक्त विवादबारे नागरिकले नै फैसला गर्ने र त्यसको जिम्मेवारी निर्वाचित जनप्रतिनिधिहरुले लिनुपर्ने बताउनुभयो ।
नागरिकको फैसला बिनाका अन्य निर्णय मान्य नहुने भन्दै उहाँले रुकुम पूर्व दुर्गम जिल्ला भएता पनि सेवा सुविधाबाट बञ्चित भएकोले आफूले पहल गरेर सुविधा प्रदान गर्ने जनाउनुभयो ।