कलाकार घनश्याम गौतमको निधन

 जेठ २०, २०८२ मंगलबार १०:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कलाकार घनश्याम गौतमको निधन भएको छ । टेलिशृङ्खला, प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्यारिकेचर गरेर चर्चित हुनुभएका गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको भक्तपुर ताथलीमा रहेको काठमाण्डौ क्यान्सर अस्तालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

रङ्गक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीमा पनि अभिनय गर्नुहुन्थ्यो । 

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया