डेब्यू टेष्टमा भारतसँग पहिले बलिङ गर्दै अफगानिस्तान

 जेठ ३१, २०७५ बिहिबार ९:५३:१८ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानले आफ्नो पहिलो टेष्ट क्रिकेट विहीबार खेल्दैछ । सन् २०१७ को जुनमा अन्तराष्ट्रिय क्रिकेटको पूर्णकालीन सदस्यको मान्यता पाएसँगै अफगानिस्तानले आफ्नो डेब्यू टेष्टमा भारतको सामना गर्न लागेको हो ।

बेंग्लोरमा टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ रोजेपछि अफगानस्तानले पहिले बलिङ गर्दैछ । भारतसँगको खेलमा आफ्नो स्पिन बलिङ नै मुख्य हतियार हुने अफगानी टोलीको भनाइ छ । अफगानस्तानका रासिद खान अहिले पनि ट्वेण्टी ट्वेण्टी संरचनाको बलर बरियतामा नम्बर एकमा छन् । अफगानी बलिङ टोलीमा रासिदसँगै उदीयमान अर्का स्पीनर मुजिवुर रेहमान तथा मोहम्मद नाबी रहनेछन् ।

अफगानस्तानी टोलीका बाँकी खेलाडीमा मोहम्मद सेहजाद, जाबेद अहमदी, रहमत साह, अस्गर स्टानिक्जाई, हसमातुल्लाह शाहीदी, अफ्सर जाजाई, यामिन अहमद्जाई र वफादार छन् ।

भारतले आफनो पहिलो रोजाईको टिममा फेरवदल गर्दै अजिन्क्या रहानेको कप्तानीमा युवाहरुले भरिपूर्ण टिमलाई मैदान उतारेको छ । जसमा मुरली विजय, शिखर धवन, चेतेश्वर पुजारा, लोकेश राहुल, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, इशान्त शर्मा, र उमेश यादव छन् ।

गएको हप्ता बंगलादेशलाई ट्वेण्टी ट्ेवण्टी क्रिकेटमा हार चखाएको अफगानस्तान विश्व बरियतामा नम्बर एक टिम भारतसँग खेल्न लागेको हो । एकदिवसीय र ट्वेण्टी ट्वेण्टीमा राम्रो नतिजा निकालिरहे पनि अफगानस्तानका लागि टेष्टको अनुभव भने पहिलो हो । तर अफगानस्तान संसारलाई नै छक्क पार्दै क्रिकेटमा प्रगति गरिरहेको देश भएको विश्लेषकहरु बताउँछन् ।

अफगानिस्तान १० वर्षको अवधिमा विश्व क्रिकेटका हस्ती देशहरुका लागि पनि लोभलाग्दो र उदीयमान देशका लागि प्रेरणादायी प्रगति गरेको देश हो । सन् २००८ मा डिभिजन पाँच खेलेको द्वन्द्वग्रस्त यो दक्षिण एसियाली देश १० वर्षमा टेष्ट खेल्ने अवस्थामा पुग्ला भन्ने आँकलन शायदै कसैले गरेका हुँदा हुन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया