‘जन्ते बाख्रो’ आजदेखि देशभर प्रदर्शनमा

 जेठ २३, २०८२ शुक्रबार १२:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली चलचित्र ‘जन्ते बाख्रो’ आजदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ । यो चलचित्रले गाउँघरमा हराउँदै गएको ‘जन्ते बाख्रो’ संस्कृतिलाई हास्य र व्यङ्ग्य शैलिमा प्रस्तुत गरेको छ ।

सिमोन सुनुवारले निर्देशन गरेको चलचित्रको निर्माण सन्तोष गौतमले गर्नुभएको छ । प्रदीप भारद्वाजको लेखनमा तयार भएको यस चलचित्रले मौलिक नेपाली परिवेश झल्काउने प्रयास गरेको छ । चलचित्रमा सौगात मल्लको मुख्य भूमिका रहेको छ ।

त्यस्तैगरी, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी र समापिका गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ पहिले नै दर्शकमाझ लोकप्रिय भइसकेका छन् । हरि हुमागाईंले छायाङ्कन निर्देशन गरेको चलचित्रमा उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । चलचित्र मुईन इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया