भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दुई पटक सारेर पनि ढिला गरी शुरू भएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् सचिवालयले सूचना टाँसेर दिउँसो सवा ३ बजेका लागि सारेको थियो । यस्तै सचिवालयले फेरि सूचना टाँसेर बेलुका साढे ५ बजेका लागि सारेको बैठक साढे ६ बजेदेखि शुरू भएकोमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।