एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषीको विदाइ

 जेठ २६, २०८२ सोमबार १३:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १२ औँ अन्तर्राष्ट्रिय एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई  विदाइ गरिएको छ । अन्तर्राष्ट्रिय एथलेट्स फोरम पर्सि बुधवार र बिहिवार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले सन्तोषीलाई शुभकामनासहित बिदाइ गर्नुभयो । सन्तोषीले अस्ति शनिवार काठमाण्डाै २५ के नेपाल हेरिटेज रनको उपाधि जितेकी थिइन् ।

महिला म्याराथनकी राष्ट्रिय कीर्तिमानी सन्तोषीले सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । 

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया