भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) का पहिलो अश्वेत रेफ्री उरियाह रेनीको ६५ वर्षको उमेरमा निधन भएको छ । रेनीले सन् १९९७ देखि २००८ सम्म ३ सय वटाभन्दा धेरै खेलमा रेफ्रीको भूमिका निभाएका थिए जसमा ईपीएलका १ सय ७५ वटा खेल पनि समावेश थिए ।
बेलायतको शेफिल्ड र हलमशायर काउन्टी फुटबल सङ्घले विज्ञप्ति निकालेर पूर्वअध्यक्ष एवम् अग्रणी रेफ्री उरियाह रेनीको निधनप्रति दुःख व्यक्त गरेको छ । रेनीले प्रिमियर लिगको पहिलो अश्वेत रेफ्रीको रूपमा इतिहास रच्दै अवरोधहरू तोडेका र फुटबल समुदायलाई आकार दिएका विज्ञप्तिमा उल्लेख छ ।
जमैकामा जन्मेका उरियाह रेनी बाल्यकालमा शेफिल्ड सरे र शहरको वाइबोर्न क्षेत्रमा हुर्किए । उनले सन् १९७९ मा स्थानीय फुटबलमा रेफ्रीका रूपमा काम गर्न थालेका थिए र १९९७ मा डर्बी काउन्टी र विम्बल्डन बीचको खेलमा रेफ्रीको भूमिका निभाउँदा इतिहास रचेका थिए ।
रेनीले व्यवसाय प्रशासन र कानूनमा स्नातकोत्तर अध्ययन गरेका थिए । यस्तै सन् २०२३ को नोभेम्बरमा खेलकुदमा उनको विशिष्ट योगदान र दक्षिण योर्कशायर समुदायहरूसँगको उनको कामका लागि शेफिल्ड हलम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।