भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – दलहरूबीच कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक अझै शुरू भएको छैन । दिउँसो २ बजेका लागि तोकिएको बैठक अझै शुरू नभएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागमा विपक्षी दलहरूले अडान यथावत् राखेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको विपक्षी दलहरूको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खाेल्न नसक्ने निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस लचक भए पनि प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण सदनको गतिरोध लम्बिइरहेको माओवादीको दाबी छ ।
गएकाे जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ । विपक्षीहरूले बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि जेठ १५ गतेको बैठक चल्न दिए पनि त्यसपछिका बैठकमा निरन्तर अवरोध गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।