भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ ।
आजको राष्ट्रियसभा बैठकमा आलेमगरले राजीनामा दिएर गृहमन्त्रीले अहिलेको गतिरोध हटाउनुपर्ने बताउनुभयो । अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको उहाँकाे भनाइ छ ।
‘गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन । गृहमन्त्रीले आफू नैतिकवान् र इमानदा रहेको प्रमाणित गर्न पनि मार्गप्रशस्त गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।