यी १२ देशका नागरिक आजदेखि अमेरिका प्रवेश गर्न पाउने छैनन्

 जेठ २६, २०८२ सोमबार १८:१०:२३ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ वटा देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध आजदेखि लागू भएको छ । ट्रम्पले गएको हप्ता १२ वटा देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउनुभएको छ । यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला गरी ७ वटा देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले यो यात्रा प्रतिबन्धलाई राष्ट्रिय सुरक्षाको विषय भन्नुभएको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको यात्रा प्रतिबन्धमा परेका इरान र अफगानिस्तानजस्ता धेरै देशको अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हैटी र लिबियाजस्ता देशले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया