प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित

 जेठ २६, २०८२ सोमबार १८:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रतिनिधिसभाको बैठक पर्सि बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठक विपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी आधा घण्टाका लागि स्थगित भएकोमा फेरि शुरू हुन सकेन ।

दलहरूबीच सहमति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका स्थगित भएको जानकारी गराएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन् । जेठ १५ गते संसद्‍मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूका कारण त्यसयता बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गरिरहनुभएको छ । यस्तै नेपाली कांग्रेसले पनि विपक्षी दलहरूसँग छलफल गरिरहेको छ । कांग्रेससँगको छलफलमा नेकपा (माओवादी केन्द्र) केही लचक देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति जनाएको छैन ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया