भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ ।
लिग–२ को आफ्नो चौथो चरणको शृङखलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको नेपाल अस्ति आइतवार भएको तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित हुन पुग्यो ।
त्यसअघि नेपालले गएको १९ गते सोमवार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र त्यसपछि बुधवार भएको दोश्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म छ वटा एकदिवसीय खेल भएको छ । जसमा समान नेपालले तीन र नेदरल्यान्ड्सले तीन खेल जितेको छ ।
नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड,क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ ।
पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । नेपाल १५ खेलमा १० अङ्कसहित लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अङ्कसहित दोश्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।