भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गभर्नर न्यूजमले डोनाल्ड ट्रम्पले जे चाहेका थिए अहिले त्यो भइरहेकाे बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गभर्नर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाउनुभएको छ । उहाँले यसअघि नै यो कदमलाई असंवैधानिक भन्नुभएको थियो ।
शनिवार क्यालिफोर्नियामा इमिग्रेशन र सीमा सुरक्षा प्रवर्तनका कदमहरू विरुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । त्यहि बेला ट्रम्प प्रशासनले गभर्नर न्यूजमको आपत्तिमा बेवास्ता गर्दै दुईसय जना नेशनल गार्ड तैनाथ गरेको हो ।
यसैबीच अमेरिकी रक्षामन्त्री पीट हेगसेथका अनुसार नेशनल गार्ड तैनातीलाई समर्थन गर्न अमेरिकी मरीनहरूलाई पनि उच्च सतर्कतामा राखिएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।