वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा

 जेठ २७, २०८२ मंगलबार ७:८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत अप्रत्यासित रूपमा  उनले सन्न्यासको घोषणा गरेका हुन् ।

२९ वर्षीय पुरनले वेस्ट इन्डिजबाट ६१ एकदिवसीय र एक सय छ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । वेस्ट इन्डिजबाट निकोलस सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने खलाडी हुन् । उनले टी–२० मा दुई हजार दुई सय ७५ रन बनाएका छन् ।

यस्तै ६१ एकदिवसीय खेलमा एक हजार नौ सय ८३ रन बनाएका छन् । निकोलसले टी–२० अन्तर्राष्ट्रियमा सन् २०१६ मा पाकिस्तानविरुद्ध तथा एकदिवसीयमा सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए । पुरन अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बढी ब्यस्त हुँदा राष्ट्रिय टोलीमा विश्वकप वा छनोटका खेलहरु बढी खेल्दै आएका थिए । 

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया