भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
अमेरिका–मेक्सिकोको सीमामा आप्रवासन नियन्त्रणका लागि गरिएको धरपकडविरुद्ध लस एञ्जलसमा भएको प्रदर्शन हिंसात्मक भएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केही प्रदर्शनकारी पक्राउ परेका बीबीसीले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिप्रति असन्तुष्टि जनाउँदै चर्किएको प्रदर्शनले स्थानीय समुदायमा तनाव बढाएको छ । स्थिति नियन्त्रणमा लिन राष्ट्रपति ट्रम्पले २१ सय नेशनल गार्ड र सात सय मरीन सैनिक तैनाथ गर्ने आदेश दिनुभएको छ । तर, प्रदर्शनकारीलाई हिंस्रक र विद्रोहीको भीड भन्दै ट्रम्पले अभिव्यक्ति दिएपछि थप राजनीतिक विवाद सिर्जना भएको छ ।
यसैबीच क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएको भन्दै अदालतमा मुद्दा दर्ता गराउनुभएको छ । राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गर्भनर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाउनुभएको हो । उहाँले यसअघि नै यो कदमलाई असंवैधानिक भन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।