भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
चीनमा गाडीको बिक्री गएको मे महिनामा उल्लेखनीय रूपमा बढेको छ । सरकारले नयाँ गाडीलाई प्रोत्साहन गर्न ल्याएको योजना प्रभावकारी बनेपछि बिक्रीमा सुधार देखिएको हो । अघिल्लो महिनामा १९ लाख ३० हजारभन्दा धेरै गाडी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको मे महिनाको तुलनामा १३ प्रतिशतले बढी हो ।
सरकारले पुराना गाडी फेरेर नयाँ गाडी खरिद गर्न चाहने व्यक्तिलाई सहयोगस्वरूप विशेष छुट दिंदै आएको छ । यो कार्यक्रमलाई यस वर्ष अझ विस्तार गरिएको छ, जसले उपभोक्तालाई थप सहजता प्रदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो योजनामार्फत मात्र यो वर्षको पहिलो पाँच महिनामा ४१ लाखभन्दा बढी नयाँ गाडी बिक्री भइसकेको जानकारी प्राप्त भएको छ ।
त्यस्तै बिजुलीबाट चल्ने गाडीको उत्पादन र बिक्री दुवैमा उल्लेखनीय बढेकाे देखिएको छ । मे महिनामा झन्डै ११ लाख ७० हजार उत्पादन हुँदा, १० लाख २० हजारभन्दा बढी बिक्री भएका छन् । साथै, यो वर्षको पहिलो पाँच महिनामा मात्रै झन्डै ८८ लाख गाडी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ९ प्रतिशतले धेरै हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।