नेपालमा पहिलो पटक विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी 'डिजिटल' तालिम सञ्चालनमा

 जेठ २७, २०८२ मंगलबार १५:१६:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय 'डिजिटल' तालिम सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेशनल भारतको आर्थिक एवम् प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय तालिम सञ्चालनमा ल्याएको हो ।

आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने 'क्लिनिकल', 'पारामेडिक्स', व्यवस्थापन तथा प्रशासनिक कर्मचारीलाई तालिम प्रदान गरेर दक्ष जनशक्तिका रूपमा विकसित गर्ने ध्येयले आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय तालिम परियोजनासमेत सञ्चालनमा आएको छ ।

परियोजनाले विशेष गरेर समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई सहयोग पुर्‍याउने सङ्घको दाबी छ । सङ्घका अनुसार नेपालबाट उपचारपछि निको हुने अन्धोपना निवारण गर्न तालिममार्फत निस्केका जनशक्तिले कोशेढुङ्गाको काम गर्नेछन् ।

तालिम परियोजना सञ्चालन गर्न नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द र अर्विस इन्टरनेशनल भारतका निर्देशक डा. ऋषिराज बोराहले विराटनगरमा द्विपक्षीय  सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । दुई संस्थाबीचको सहकार्यले नेपाललाई आँखा उपचारसम्बन्धी डिजिटल तालिम 'हब' का रूपमा विकसित गर्ने लक्ष्य छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया