बेलायत पठाइदिने भन्दै ३८ जनाबाट ११ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने २ जना पक्राउ

 जेठ २७, २०८२ मंगलबार १५:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै ११ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भई काठमाण्डौ महानगरपालिका–३२ नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

लक्ष्मण र अरुणले बेलायत पठाइदिने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गर्ने भक्तपुर नगरपालिका–२ का ४४ वर्षीय रविन्द्र बासुकलालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले क्यानडा पठाइदिने भन्दै एक जनाबाट पाँच लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया