नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे 'डेब्यु'

 जेठ २७, २०८२ मंगलबार १५:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ । स्कटल्यान्डकाे फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर बलिङ राेजेपछि नेपालले ब्याटिङकाे निम्ताे पाएकाे छ ।

आजकाे खेलमा नेपालबाट नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नन्दन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ४२औं खेलाडी हुन् । नन्दनले गएकाे महिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

यस्तै चाेटका कारण आजकाे खेलमा नेपालका अलराउन्डर गुल्सन झा र साेमपाल कामी प्लेइङ–११ मा छैनन् । गुल्सन र साेमपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ । लिग–२ पछि नेपाल, घरेलु टाेली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच टी–२० शृङ्खला हुँदैछ ।

लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टाेली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ को आफ्नो चौथो चरणको शृङ्खलामा नेपालले आज चाैथाे तथा अन्तिम खेल खेल्न लागेको हो । नेपालले पहिलाे खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएकाे थियाे । दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएकाे थियाे । तेस्राे खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएकाे थियाे ।

लिग–२ काे तालिकामा नेपाल १५ खेलमा १० अङ्कसहित साताैं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दाेस्राे र स्कटल्यान्ड तेस्राे स्थानमा छ । लिग–२ काे तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।

लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया