भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ०७ अङ्कले बढेर २ हजार ६ सय ७८ दशमलव १७ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ५ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज १ सय ९६ वटा कम्पनीको शेयर बढेको छ भने ५२ वटा कम्पनीको शेयर घटेको छ ।
आज प्योर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर १० अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।