भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका अलराउन्डर गुल्सन झा र साेमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि गुमाउने भएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भइरहेकाे त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगकाे खेलअघिकाे अभ्यासका क्रममा घाइते भएका गुल्सन र साेमपालले टी–२० शृङ्खला पनि गुमाउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ ।
लिग–२ को आफ्नो चौथो चरणको शृङ्खलामा नेपालले आज चाैथाे तथा अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेलिरहेकाे हाे । नेपालले पहिलाे खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएकाे थियाे । दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएकाे थियाे । तेस्राे खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएकाे थियाे ।
लिग–२ सकिएपछि नेपाल, घरेलु टाेली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच टी–२० शृङ्खला शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।