अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको ज्यान गयो

 जेठ २७, २०८२ मंगलबार १८:२७:५५ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

दक्षिणी अस्ट्रियाको ग्राज शहरको एक माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा संदिग्ध आक्रमणकारीसहित धेरै विद्यार्थी रहेका ग्राजका मेयर एल्के काहरलाई उद्धृत गर्दै बेलायती अखबार ‘द गार्जियन’ ले जनाएको छ ।

ग्राजका मेयर काहरले यो गोलीकाण्डलाई अस्ट्रियाको युद्धपछिको इतिहासमा सबैभन्दा घातक आक्रमण बताउनुभएको छ । स्थानीय समय अनुसार बिहान १० बजेतिर एक बन्दुकधारीले विद्यालयको दुई वटा कक्षाकोठमा गोलीबारी शुरू गरेका थिए  । गोलीबारीमा अन्य धेरै जना घाइते भएका खबर छ तर सङ्ख्या उल्लेख भएको छैन ।

अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले गोलीकाण्डले दिएको पीडा र शोकका लागि कुनै शब्द नभएको बताउनुभएको छ । यसैबीच प्रहरीले घटनास्थललाई सुरक्षित पारिएको र नागरिकलाई थप खतरा नभएको पुष्टि गरेको खबरमा उल्लेख छ ।

अमेरिकाको तुलनामा युरोपमा विद्यालयमा गोलीकाण्डका घटनाहरू धेरै दुर्लभ छन् तर पछिल्ला वर्षहरूमा युरोपका विद्यालय र विश्वविद्यालयहरूमा आक्रमणका घटना दोहोरिइरहँदा चिन्ता थपिएको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया