अत्यधिक रक्तस्राव भएपछि सुत्केरीकाे हेलिकप्टरमार्फत उद्धार

 जेठ २७, २०८२ मंगलबार १८:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा – अत्यधिक रक्तस्राव भएपछि सङ्खुवासभाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार भएको छ ।

खाँदबारी नगरपालिका– ४ की ३८ वर्षीया अनिता श्रेष्ठलाई राष्ट्रपति उद्धार कार्यक्रममार्फत हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका फोकलपर्सन भवानी तिम्सिनाले जानकारी दिनुभयो ।

श्रेष्ठले पाँच दिन अगाडि जिल्ला अस्पताल खाँदबारीमा शल्यक्रिया गरेर बच्चा जन्माउनुभएको  थियो । बच्चा सकुशल भए पनि आमाको अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौको प्रसुति गृह थापाथालीमा पठाएको तिम्सिनाले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया